काठमाडौं, फागुन १६ – ‘पब्जी : न्यु स्टेट’ को नाम सहित माेबाइलका लागि नयाँ गेम खेल्न पाइने भएकाे छ । कम्पनीले यसै वर्ष पब्जीको नयाँ मोबाइल भर्सनलाई एन्ड्रोइड तथा आईओएसमा ल्याउँदै छ ।
कम्पनीले पब्जीलाई मोबाइल प्लेमा अप्टिमाइज गर्दै यसमा नयाँ भर्सनमा एक्सक्ल्युसिभ म्याप, अल्ट्रा रियालिस्टिक ग्राफिक्स लगायतका नयाँ फिचर प्रदान गर्नेछ ।
कम्पनीले पब्जी मोबाइलको नयाँ ट्रेलर पनि सार्वजनिक गरेको छ । ट्रेलरअनुसार नयाँ भर्सनमा ग्राफिक्स थप फेन्सी देखिन्छ । यसको गेमिङ अनुभव पनि अन्य ब्याटल रोयल जस्तै नै छ ।
‘पब्जी : न्यु स्टेट’ काे सेटिङ आजभन्दा ३० वर्षपछिको भविष्यमा आधारित बनाएको दाबी गरिएकाे छ । कम्पनीले पब्जीको मोबाइल भर्सनमा नयाँ प्रविधि ग्लोबल इल्युमिनेसनको प्रयोग गरेको छ ।
जसका कारण यसमा उत्कृष्ट ग्राफिक्सकाे अनुभव लिन पाइन्छ । साथै खेलाडीहरुलाई आफ्नो हतियार परिवर्तन गर्ने नयाँ विपन कस्टमाइजेसन फिचर पनि उपलब्ध हुनेछ ।
यस भर्सनका लागि सबैभन्दा ठूलो फिचर भनेको यसमा सिरिजका लागि ब्राण्ड न्यु म्याप पनि छ । पब्जीको यो नयाँ भर्सन भारत, चीन र भियतनामका लागि उपलब्ध हुने छैन । हाल यो प्लेस्टोरमा प्रि रजिस्ट्रेसनका लागि उपलब्ध छ ।
FACEBOOK COMMENTS