काठमाण्डौँ — राष्ट्रिय बाणिज्य बैंक लिमिटेड र टिच फर नेपालबीच सम्झौता भएको छ ।
सामुदायिक विद्यालयका स्वयम सेवक शिक्षकहरुको व्यवस्थापनको लागि १० लाख रुपैंया आर्थिक सहयोग गर्ने सम्बन्धमा हस्ताक्षर भएको हो ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिसिर खनालबीच हस्ताक्षर भयो ।
समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक, सामाजिक तथा मानविय क्षेत्रमा सहयोग गरिरहेको र भविश्यमा थप सहयोग गर्दै जाने बताए ।
बैंकको हाल ७४ जिल्लामा २०८ वटा शाखा कार्यालय, १६५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।
FACEBOOK COMMENTS