काठमाडौं, २३ मंसिर – वाणिज्य कार्यालय विराटनरले गरेको बजार अनुगमन सफल हुन नसकेको उपभोक्ताहरुले बताएका छन् ।वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको आर्थिक वर्ष ०७७/०७८ को पहिलो चौमासिक अवधिको प्रगति विवरण समिक्षा कार्यक्रममा बोल्दै उपभोक्ताबादीहरुले तालिका बनाएर अनुगमन गर्नुपर्ने धारणा राखे।
सो कार्यालयले भने कोरोना महामारीकाबीच पनि गत वर्षको तुलानामा यस वर्ष प्रभावकारी रुपमा बजार अनुगमन नयाँ र्फम दर्ता प्रक्रिया साथै नविकरण र खारेजी गर्ने कार्य गरिएको जानकारी गराएको छ ।
कार्यालयले प्रथम चौमासिकमा ५ सय १० वटा नयाँ फर्म दर्ता गरेको छ भने ९ सय १४ वटा नविकरण गरेको जानकारी दिएको छ । यसै गरी बजार अनुगमनको क्रममा ६४ वटा पसल फर्म तथा उद्योगहरुको अनुगमन गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका निमित्त कार्यालय प्रमुख सन्तोष पोखरेलले जानकारी दिनु भयो ।
उहाँले अनुगमनका क्रममा उपभोक्ता ठगि गर्ने पसल र उधोगहरुलाई जरीवाना र कारवाही गरेका बताउनु भयो । प्रमुख पोखरेलले उपभोक्ताको आवश्यक्तालाई हेरेर अनुगमन र कारवाही गर्ने जानकारी दिनु भयो ।
FACEBOOK COMMENTS