राष्ट्रपतिको बिदाई कार्यक्रममा सत्तारुढ दलका उपनेता नेम्वाङबाट प्रोटोकल उल्लंघन
काठमाडौं – म्यानमारको चारदिने राजकीय भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेकी राष्ट्रपति विद्यादेवी भण्डारीको बिदाई कार्यक्रममा सत्तारुढ दलका उपनेता सुवास नेम्वाङले मर्यादा क्रमलाई मिचेका छन् । उपरास्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री केपि ओली, उप प्रधान मन्न्त्री ईश्वर पोख्रेल पछी चौथो वरियता क्रममा सुवास नेवाङ बसेर विदाई गरेका थिए ।
प्रोटोकल अनुसार उनको हैसियत गृहमन्त्री रामबहादुर थापा बादल पस्चात मात्र हुनुपर्ने हो । त्यसैले उनले गृहमन्त्री भन्दा अघि बसेर त्यस स्थान अोगटने हैसियत नै राख्दैनथे । उपनेता मात्र होई उनले पूर्व सभामुखको हैसियतले पनि त्यो स्थान प्राप्त गर्न नपर्ने हो । तर विडम्बना दुई तिहाईको सरकारका उपनेताले मपाइत्व देखाइ हाले ।
हुन त उनीले आफुलाई कानुनको धुरन्धर विढ्वान ठान्लान तर पनि ठाउँमा ज्ञानको उपयोग गर्न नसक्दा उनी अालोच्य बन्दै आएका छन । केहि समय अघि मात्रै पनि उनले आफ्नै दलबाट सभामुख चुनिएका कृष्ण बहादुर महराको बिषयमा हतारमा टिप्पणी गर्दै संसदले नचिन्ने भन्दै छुद्र ब्यवहार देखाएर आफ्नो स्वार्थी चरित्र उदांगो पारेका थिए ।
बोल्दा नम्र जस्तो देखिए पनि नेम्वाङको कोखमा दात रै’ छ भन्दै उनीसँग नेकपाका केही नेताहरु समेत सशन्कित बन्दै टाढिन थालेको बुझिएको छ । ढल्कदो उमेर र देशको कार्यकारी बन्ने ल्याकत नभएका कारण नेम्वाङले पहिल्यै देखी सभामुखको कुर्सी माथि दागा गाडेर बसेको तर पार्टी एकिकरण पस्चात महरा सभामुखको कुर्सीमा विराजमान भएसँगै नेम्वाङको पुन: सभामुख बन्ने धोको पुरा हुन नसकेको र मौकामा चौका हान्ने दाउ छोप्दै नेम्वाङले आफ्ना सधर्मीसँग मिलेर योजनाबद्ध रुपमा महरालाई फसाएको अडकलबाजी हुँदै आएको छ ।
नेम्वाङ तिनै नेता हुन जसको नाम क्रिस्चियन धर्म प्रचारक र पारिवारिक जिम्मेवारीबोध नगरि कानुन र धर्म सन्स्क्रितीमा विचलन ल्याउने नेताका रुपमा चर्चामा आउने गर्छन । महराले देशी विदेशी शक्तिले आफ्नो स्वार्थका लागि बिरोध गर्छन र सि चिनफिङको नेपाल भ्रमणमा असर पर्छ भनेर आफ्नो क्यारियरलाई दाउमा लगाउदै अग्नी परि क्ष । दिए, गल्ती गरेको छैन भोली सत्य तथ्य उजागर भैहाल्छ भनेर राजिनामा दिए । यता सि चिनफिङको नेपाल भ्रमण सफल हुन्छ भने भनेर प्रचण्डले पनि केही चाल नबुझी महरालाई राजिनामा दिन मनाए ।
तर अहिले चिनिया सरकारी मिडिया सिन्ह्वाले पनि प्रचण्डलाई नेकपाको को चेअरमेन अर्थात सह अध्य क्ष भनेर लेख्दा आफनो मानमर्दन भएको महशुस पक्कै गरे होलान । यस्तै पारा भैरहे पूर्व एमाले गुटले पूर्व एकिक्रित माअोवादी गुटकालाई फकाई फकाई सिध्याउने अडकबाजी अहिले चर्चामा छ । यता उपप्रधान मन्न्त्री ईश्वर पोखरेलले पनि सि चिन पिङलाई तीन तीन पटक सम्म महामहिम राजदुत भनेको भन्दै चर्को आलोचना भएको छ ।
चिनिया राष्ट्रपति सिले अनुशासनको पाठ भर्खर सिकाए गए पछी हाम्रा देशका ठालु नेताहरु झनै तिल्मिलाउन थालेको आभास नागरिकले गर्न पाएका छन । दुई तिहाई होईन अहिले फुईतिहाईको बोलवाला रहेको सर्वत्र परिचर्चा हुँदै आएको छ ।
FACEBOOK COMMENTS