काठमाण्डौँ — सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र नेपाल मेडिसिटी बीच बैंकका कर्मचारी तथा ग्राकहहरुलाई उपचार शुल्कमा सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र हस्पिटलको तर्फबाट महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरे ।
सम्झौता अनुसार अब सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारी तथा यस विकास बैंकको भिसा डेविट कार्ड प्रयोगकर्ताहरुले बैंकको हाल संचालनमा रहेका ८० वटै शाखाका ग्राकहरुलाई नेपाल मेडिसिटीले प्रदान गर्ने स्वास्थ्य सेवाहरुमा विशेष छुट पाउने छन ।