काठमाडौं – सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम आरम्भ गरेको छ ।
कार्यक्रमको सुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षा कार्यक्रमबाट सबै श्रमिकको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने बताएका छन् ।
उक्तm कार्यक्रमबाट निजी क्षेत्रपनि उत्साहित भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले यो योजनाले हरेक श्रमिक र रोजगारदाता लाई प्रभाव पार्ने बताईन्।
रोजगारदाताहरुले पनि आफ्ना मजदुरलाई हौसलाका साथ यसमा सहभागी गराउनु पर्ने उनको भनाई थियो।

श्रम बजारलाई गतिशील र श्रम क्षेत्रलाई मर्या्दित बनाउने चाहनालाई मूर्त रुप दिन सामाजिक सुरक्षा कोषको परिचालन महत्वपूर्ण हुने उनको भनाइ थियो।

त्यस्तै कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले सामाजिक सुरक्षा योजनाको कार्यान्वयनले अन्य मुलुकको जस्तै नेपालमा पनि उद्यमशीलता बढ्नेमा आफू विश्वस्त रहेको शर्माको भनाइ थियो ।

कार्यक्रममा घरेलु तथा साना उद्योग संघका निवर्तमान अध्यक्ष सुरेश प्रधानले सामाजिक सुरक्षा योजनाले रोजगारदाता र श्रमिकबीच राम्रो सम्बन्ध स्थापना हुनेमा आफू विश्वस्त रहेको बताए ।
योगदानमा आधारित सामाजिक सुरक्षा योजना नेपालभर ३ महिना भित्र सरकारले लागु गर्ने योजना बनाएको छ।
यो योजना कार्यान्वयनमा आए पश्चात् पहिलो चरणमा प्रतिष्ठान स्तरका श्रमिकहरुले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सूचिकरण भई सामाजिक सुरक्षा कोषबाट औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा स्किम अन्तर्गत सामाजिक सुरक्षा सुविधा प्राप्त गर्नेछन्।