काठमाडौं, भदौ १७। साताको तेस्रो दिन आज मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भएको छापवाला सुनको मूल्य आज ५०० रुपैयाँले बढेर ७२ हजार ५०० रुपैयाँमा कारोबार भएको छ। चार्ड पर्वको समयमा सुनको मूल्य बढेसँगै सुनको कारोबार भने घटेको छ।
त्यसैगरी आज तेजाबी सुनको मूल्य ७२ हजार २०० रुपैयाँमा कारोबार भएको छ। महासंघले आज प्रति १० ग्राम छापवाला सुनको मूल्य ६२ हजार १६० रुपैयाँ कायम गरेको छ भने, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ६१ हजार ९०५ रुपैयाँ कायम गरेको छ।
त्यस्तै आज चाँदीको मूल्य पनि उकालो लागेको छ। सोमबार ८८५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर ८९५ रुपैयाँमा कारोबार भएको छ। भने, प्रति १० ग्राम चाँदीको मूल्य ६६७ रुपैयाँ ५० पैसा कायम गरेको छ।