काठमाडौं, माघ ४ – स्याङजा उद्योग वाणिज्य संघमा रविन्द्रमान श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्। स्याङजा सदरमुकाममा भएको संघको पन्ध्रौं अधिवेशनले श्रेष्ठ नेतृत्वमा १९ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएका हुन्।
समितिको वरिष्ठ उपाध्यक्षमा हिक्मत श्रेष्ठ, प्रथम उपाध्यक्षमा राजन घिमिरे, द्धितिय उपाध्यक्षमा दीपकुमार श्रेष्ठ र तृतीय उपाध्यक्षमा सुनिता पौडेल निर्वाचित भएका हुन्।
यसैगरी, महासचिवमा रामचन्द्र नेपाल, सचिवमा मित्रबन्धु पोखरेल, सहसचिवमा लक्ष्मण प्रधान, कोषाध्यक्षमा शा खालिद मिया र सहकोषाध्यक्षमा सुमन गुरुङ चयन भएका छन्।
सदस्यमा अर्जुन थापा, दिपेन्द्रकुमार श्रेष्ठ, गंगा प्रधान, अतिप्रसाद श्रेष्ठ, रविन्द्र केसी, प्रकाश डोटेल, अनुप श्रेष्ठ र रामप्रसाद लम्साल निर्वाचित भएको निर्वाचन अधिकृत अधिवक्ता हरिप्रसाद रेग्मीले जानकारी दिए।