काठमाण्डौँ —प्यूठानको स्वर्गद्धारी विमानस्थल निर्माण प्रक्रिया अघि बढेको छ ।
स्वर्गद्धारी नगरपालिका–८ बर्जिवाङमा पर्ने चाल्नेटारमा बिमानस्थल वातावरणीय प्रभाव मूल्यांकनसँगै निर्माण कार्य प्रक्रियागत रूपमा अघि बढेको हो ।
शनिबार स्थानीयसँग मूल्यांकको अन्तीम प्रतिवेदनका वारेमा छलफल गरिएको छ ।
नागरिक उड्डयन प्राधिकरणमार्फत मूल्यांकनको जिम्मा पाएको परामर्शदाता संस्था प्याक्ट कन्सल्ट्यान्टले वातावरणीय प्रभाव मूल्यांकन अध्ययन गरी सार्वजनिक सुनुवाइ गरेको हो ।
विमानस्थलका लागि ६० दशमलव ७९ हेक्टर क्षेत्रफल आवश्यक पर्ने अध्ययनले देखाएको छ ।
नियमित काम अघि बढेमा ६ महिनाभित्र डीपीआर तयार भई निर्माण कार्य अघि बढ्ने नेकपाका नेता विजयविराज विष्टले बताए ।
— कारोबार
FACEBOOK COMMENTS