काठमाण्डौँ — मोरङको विराटनगर महानगर क्षेत्रमा सहकारीको आडमा हुण्डी कारोबार भइरहेको रहस्य खुलेको छ ।
जिल्ला प्रहरी मोरङले हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा त्यहाँका एक सहकारी संस्थाका अध्यक्ष सहित तीन जनालाई आइतबार पक्राउ परेपछि यो रहस्य खुलेको हो ।
प्रहरीले स्रोत नखुलेको ६८ लाख ५७ हजार ६ सय रुपैयाँ समेत सहकारीबाट बरामद गरेको छ ।
प्रारम्भीक अनुसन्धानका क्रममा सहकारीका अध्यक्ष हेडाले बरामद भएको रकम हुण्डी कारोबारको रहेको स्वीकारेको प्रहरी उपरीक्षक मनोज केसीले बताए ।
पक्राउ परेका तीनै जनालाई रकम सहित कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने प्रहरीले जनाएको छ ।
— कान्तिपुर
FACEBOOK COMMENTS