चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वपश्चिम राजमार्गअन्तर्गतको गोन्द्राङ–पुल्चोक ६ लेनको सडक उद्घाटन गरेका छन् ।
पछिल्लो पटक ६ लेनमा विस्तार गरिएको सो सडक आज प्रधानमन्त्री ओलीले औपचारिक उद्घाटन गरेका हुन् । सडक उद्घाटन समारोहमा उपप्रधानमन्त्री प्रकाशमान सिंह, भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल र भरतपुर महानगरपालिकाकाी प्रमुख रेणु दाहाललगायतको सहभागिता थियो ।
नेपाल सरकारको आफ्नै लगानी निर्मित भैरहवा, वीरगञ्ज, पोखरा र काठमाडौँको मध्यभागमा पर्ने उक्त सडक एसियाली मापदण्डअनुसार बनाइएको छ ।
उक्त सडक खण्डको २०७७ माघ १७ गते प्रधानमन्त्री ओलीले नै शिलान्यास गरेका थिए । सडक एक अर्ब १३ करोड ३५ लाख ३४ हजार रुपैयाँ लगानीमा निर्माण सम्पन्न भएको हो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश विकासमा पूर्वाग्रह र मतभेद नराखी काम गर्न आग्रह गर्दै पूर्व–पश्चिम राजमार्गलाई थप फराकिलो बनाइने बताए ।
हेरौँ तस्बिरहरू–
FACEBOOK COMMENTS