काठमाडौं । इन्टरनेटको भविष्य देखेर लगानी गर्न ईच्छुक हुनेहरुका लागी पछिल्लो समय चर्चामा रहेको ‘मेटाभर्स’ लाई लिन सकिन्छ ।
मेटाभर्स अनलाइनको यस्तो दुनियाँ हो जहाँ भीआर हेडसेट प्रयोग गरी मान्छेले एकअर्कासँग कुराकानी गर्न, गेम खेल्न तथा काम गर्न सक्नेछन् । अहिले हामीले प्रयोग गर्ने भीआर गेमिङ लागि मात्र हो तर मेटाभर्सको प्रयोग गरेर हामी काम गर्न, खेल्न, कन्सर्ट गर्न, सिनेमा हेर्न लगायतका कामहरू गर्न सक्छौँ ।
फेसबुकले पनि मेटाभर्सको विकासको लागि युरोपमा १० हजार जनालाई रोजगारी दिने घोषणा गरेको छ । मेटाभर्सको विकास गर्ने दौडमा पछिल्लो समय फेसबुक अग्रपंक्तिमै रहेको छ ।
मेटाभर्सको विषयमा जान्ने, बुझ्ने र चासो लिने धनाड्य देश र लगानी कर्ताहरुले आआफ्नै तरिकाले धेरै परिभाषाहरू दिइएको भए पनि यसको मुख्य अवधारणा भनेको मानिस(मानिसबीचको सामाजिक अन्तर्क्रिया हो ।
FACEBOOK COMMENTS