काठमाडौं । म्यानमारको दक्षिणपूर्वी एसियाली देशहरुको समूह (आसियान) को सम्मेलन आजदेखि भर्चुअलरुपमा सुरु भएको छ । प्रतिनिधिबिनै
तीनदिने सम्मेलनको सुरुआत भयो भने अध्यक्षता गरिरहेको ब्रुनाइ र आसियान महासचिवको स्वागत मन्तव्य बिनै भयो ।
गत अक्टोबर १५ मा आसियान मुलुकहरुले सम्मेलनमा म्यानमार सैनिक प्रमुख जनरल मिन हाङलाई प्रतिबन्ध लगाउने निर्णय गरेका थिए
अहस्तक्षेप र असंलग्न परराष्ट्र नीति आत्मसात गर्ने आसियान मुलुकहरुको यो निर्णयलाई अन्तर्राष्ट्रिय संचारमाध्यमले अभूतपूर्व भनेका छन् । आसियानमा ब्रुनाइ, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, फिलिपिन्स, सिंगापुर, थाइल्यान्ड र म्यानमार सदस्य छन् ।
म्यानमार सन् १९९७ मा अघिल्लो सैनिक सरकारको पालामा आसियनको सदस्य बनेको थियो ।
बैठकमा मलेसियाली प्रधानमन्त्री इस्माइल साब्री याकोबले म्यानमारको सहभागितालाई लिएर ब्रुनाइले गरेको निर्णयलाई समर्थन जनाएका छन् ।
थाइल्यान्डका समकक्षी प्रत्युत चान ओचाले म्यानमारसँग आसियानको निर्णय संगठनको छवि जोगाउन महत्वपूर्ण भएको बताएका छन् । तर, ब्रुनाइको निर्णयलाई चुनौति दिँदै म्यानमार सेनाले आफू आफ्ना कमान्डरबिना बैठकमा सहभागी नहुने बताएको छ ।
FACEBOOK COMMENTS