कार्तिक ९ काठमाडौं । मन्त्रिपरिषद विवादमा भागबण्डा खोजेपछि विवादमा मुछिएका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई राजीनामा दिन चौतर्फी दबाव परेको छ ।
नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गरेको छ । र राजीनामा नदिए प्रधानन्यायाधीशविरुद्ध देशव्यापी आन्दोलन घोषणा गर्ने चेतावनी दिएको छ ।
अध्यक्ष दिनेश त्रिपाठी र महासचिव सरोजकुमार घिमिरेले मंगलबार विज्ञप्ति जारी गरी न्यायालय जस्तो पवित्र संस्थाको नेतृत्व विवादमा पर्नु र संस्थागत नेतृत्व प्रभावकारी बन्न नसक्दा समग्र न्यायप्रणालीमै असर पर्ने भन्दै प्रधानन्यायाधीशको राजीनामा माग गरेका हुन् । संवैधानिक कानुनी व्यवसायी मञ्चले पदबाट राजीनामा गरी सहज निकासको लागि पहल गर्न प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई आग्रह गरेका छन् ।
तेस्तै बार एशोसिएसनले मंगलबार विज्ञप्ति जारी गर्दै , वर्तमान गतिरोधको अन्त्य गरी सहज निकास दिन सम्मानननीय प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबराज्यूले अविलम्व राजीनामा दिई मार्गप्रशस्त गर्नु नै उपयुक्त हुन्छ भनी नेवाएको सल्लाहकार समितिको बैठकको सुझाव समेतका आधारमा नेबाएको मिति २०७८/०७/५ गतेदेखिको निरन्तर बैठकको निर्णयअनुसार उहाँलाई पद त्याग गर्न आह्वान गर्दछौं ।’
FACEBOOK COMMENTS