कार्तिक ९ काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपीओमा शुक्रबार कात्तिक १२ गते बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार शुक्रबार बिहान ९ बजे आइपीओ बाँडफाँट गरिनेछ ।
कम्पनीको आइपीओमा २३ लाख ९३ हजार ४२८ जना आवेदकबाट ३ करोड ४३ लाख ६० हजार १० कित्ताका लागि आवेदन परेको थियो । जुन माग गरिएको भन्दा ४.१९ गुणा बढी अनुमान छ ।
कुल ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर निष्कासन असोज २० गतेदेखि २५ गतेसम्म गरेको थियो । जसमध्ये ५% अर्थात् ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोष र ४% अथवा ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ८१ लाख ९० हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिएको हो ।
FACEBOOK COMMENTS