काठमाडौं– अघिल्लो दिन उच्च अंकले बढेको नेप्से बुधबार प्रि ओपन सेसनमा २.३२ अंक बढेको छ। मंगलबार ७८.८२ अंक बढेर २७५१.०७ विन्दुमा पुगेको नेप्से आज सो सेसनमा २.३२ अंक बढेर २७५३.४० विन्दुमा पुगेको छ।
बुधबार प्रि ओपन सेसनमा २६ कम्पनीको ३५ लाख ९५ हजार ३६१ रुपैयाँ ३० पैसा बराबरको सेयर खरिदबिक्री भएको छ। कारोबारमा आएकामध्ये १४ कम्पनीको सेयरमूल्य बढेको छ भने ४ कम्पनीको शेयरमूल्य घटेको छ। सो सेसनमा खरिदविक्री भएका ८ कम्पनीको सेयर स्थिर रहेको छ।
FACEBOOK COMMENTS