काठमाण्डौँ — जनता बैंक नेपाल लिमिटेड र मेडिसिटि अस्पतालबीच बैंकका कर्मचारी तथा ग्राहक वर्गलाई उपचार खर्चमा सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौतापत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत जयकुमार मिश्र र अस्पतालको तर्फबाट महाप्रबन्धक बिजय रिमालले हस्ताक्षर गरे ।
सम्झौताअनुसार जनता बैंकका कर्मचारी र जनता बैंकको डेविट÷क्रेडिट कार्ड प्रयोगकर्ताहरुले भंैसेपाटी स्थित मेडिसिटी अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवामा विशेष छुट पाउनेछन् ।
FACEBOOK COMMENTS