काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६ औँ सम्मेलन (कोप–२६) मा भाग लिन २० सदस्यीय जम्बो टोलीसहित आज (शुक्रबार) बेलायत जाँदैछन् ।
कात्तिक १२ देखि २६ गतेसम्म स्कटल्यान्डको ग्लास्गोमा हुने कोपमा सहभागी हुन उक्त टोली बेलायत जान लागेको हो । भ्रमण टोलीमा वन तथा वातावरणमन्त्री रामसहाय यादव, वन तथा वातावरण सचिव पेमनारायण कँडेल, अर्थ सचिव मधुकुमार मरासिनी, ऊर्जा सचिव देवेन्द्र कार्की, गृह सचिव टेकनारायण पाण्डे,परराष्ट्र सचिव भरतराज पौड्याल र राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी रहेका छन् ।
देउवाले नोभेम्बर १ मा कोप–२६ को औपचारिक उद्घाटनमा भाग लिनेछन् । नोभेम्बर १ को साँझ प्रधानमन्त्री देउवाले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले विश्वका राष्ट्ररसरकार प्रमुखहरूका लागि आयोजना गरेका रिसेप्सनमा सहभागी हुनेछन् । देउवा प्रधानमन्त्ती भएयता यो पहिलो विदेश भ्रमण हो । देउवा १७ गते नेपाल फर्कने कार्यतालिका रहेको छ ।
FACEBOOK COMMENTS