नयाँ दिल्ली – भारतमा कोभिड १९ सङ्क्रमितको सङ्ख्या शनिबार बढेर ३ करोड ४२ लाख ६० हजार ४७० पुगेको छ। पछिल्लो २४ घण्टामा देशभर १४ हजार ३१३ नयाँ बिरामीहरू थपिएको भारतको संघीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कले देखाएको छ।
शुक्रबार बिहानसम्म कोभिड सङ्क्रमणबाट थप ५४९ जनाको मृत्यु भएको छ। यो सङ्गै मृत्यु हुनेको संख्या ४ लाख ५७ हजार ७४० पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार सङ्क्रमणबाट मृत्यु हुनेमा अधिकांश दक्षिणी राज्य केरलाका छन्। हाल देशमा १ लाख ६१ हजार ५५५ सक्रिय सङ्क्रमितहरू छन्। पछिल्लो २४ घण्टामा भने १३ हजार ५४३ नयाँ निको भएका छन्। यो सङ्गै निको हुनेको सङ्ख्या ३ करोड ३६ लाख ४१ हजार १७५ पुगेको छ।
FACEBOOK COMMENTS