काठमाण्डौँ — कर्णालीको कृषि, पर्यटन र इतिहाससहित विविध पक्ष जानकारी गराउन शुक्रबारदेखि राजधानीमा बृहत् कर्णाली प्रदर्शनी र मेला भइरहेको छ ।
मेलामा कर्णालीमा उत्पादित फलफूल, मार्सी चामल, गेडागुडी, जडिबुटीलगायतका वस्तु राखिएका छन् ।
राजधानीमा रहेका कर्णालीका विद्यार्थी तथा स्थानीयहरूले आफ्नो क्षेत्र चिन्ने र चिनाउने अभियान स्वरूप आयोजना गरेको मेला तीन दिन भृकुटीमण्डपमा सञ्चालन हुनेछ ।
मेला उपसंयोजक जीवन शाहीका अनुसार कर्णाली प्रदेशअन्तर्गतका १० वटै जिल्लाका कृषि, उत्पादन, कला संस्कृति आदि प्रदर्शनीस्थलमा राखिएका छन् ।
FACEBOOK COMMENTS