काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकको बृद्धि भएको छ । नेप्से आज २३.७६ अंकले बढेर दुई हजार ८ सय ४३ दशमलब ६२ विन्दुमा पुगेको छ । त्यस्तै, आज नेप्सेमा ६ अर्ब ७ करोड ३७ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका तीन समूह बाहेक अन्य सबै समूह बढेका छन् ।
नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये २ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्यमा उच्च बृद्धि हुने साहस उर्जा कम्पनी र गुडवील फाइनान्स कम्पनी रहेका छन् । आज यी कम्पनीहरुको शेयरमूल्य आज सर्किट लेभलमा बढेको छ ।
त्यस्तै, आज बिशाल बजार कम्पनी, नेपाल बंगलादेश बैंक, आरएमडीसी लघुवित्त लगायतका पाँच कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य २ प्रतिशत भन्दा बढीले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार महालक्ष्मी विकास बैंक भएको छ । यस बैंकको आज ४६ करोड भन्दा बढीको कारोबार भएको छ ।
FACEBOOK COMMENTS