काठमाडौं । तालिबान सरकारले अफगानिस्तानमा विदेशी मुद्रामाथि प्रतिबन्ध लगाइदिएको छ । पहिलादेखि नै धरासयी भएको त्यहाँको अर्थव्यवस्था यो कदमपछि थप खस्किने बताइएको छ । तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले अबदेखि घरेलु लेनदेनमा कुनै व्यक्तिले विदेशी मुद्राको प्रयोग गरे उनीमाथि कारवाही गरिने चेतावनी पनि दिएका छन् ।
आफ्नो बयानमा प्रवक्ताले भने, ‘देशको आर्थिक स्थिति र अन्य हितका लागि हरेक अफगान नागरिकले आफगानी मुद्राको मात्रै प्रयोग गर्नुपर्छ । इस्लामी इमिरेट्स सबै नागरिक, पसले, व्यापारी र सर्वसाधारणले सबै लेनदेन अफगानी मुद्रामा नै गर्न आदेश दिइएको छ । र विदेशी मुद्राको प्रयोगमा प्रतिबन्ध लगाउँछ ।’ १५ अगस्टमा देशमाथि कब्जा जमाएपछि अफगानिस्तान मुद्रा ‘अफगानी’ को मूल्य असाध्यै खस्किएको छ ।
देशको विदेशी मुद्राको भण्डार अन्तरराष्ट्रिय समुदायले फ्रिज गरेको छ । बैंकले तरलता अभावको सामना गरिरहेको छ र संसारका धेरैजसो देशले अफगानिस्तानको नयाँ सरकारलाई मान्यता दिने मूडमा छैन ।
हालको समयमा अफगानिस्तानभित्र थुप्रै व्यापारिक लेनदेख अमेरिकी डलरमार्फत् भइरहेको छ । र पाकिस्तानको सीमासँग जोडिएको इलाकामा पाकिस्तानी रुपैयाँ चलनमा छ ।
FACEBOOK COMMENTS