काठमाडौ । गुराँस लाइफ इन्स्योरेन्सले प्रस्ताव गरेको लाभांश हात पार्ने आज अन्तिम दिन हो ।
कम्पनीले मंसिर १० गते ११ औं वार्षिक साधारणसभा बोलाएको छ । त्यसको लागि मंगलबार देखी (कात्तिक २३ देखी मङ्सिर १० गते) सम्म बुक क्लोज गर्ने भएको छ । मंगलबारदेखी बुक क्लोज हुन लागेकोले सोमबार (आज)सम्म कायम रहेका सेयरधनीले मात्रै प्रस्ताव गरेको लाभांश पाउने छन् ।
कम्पनीले आर्थिक वर्ष २०७५÷०७६ को मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजीको ५.५० प्रतिशतले हुन आउने १० करोड ८६ लाख ६५ हजार ४ सय रुपैयाँ बोनस र कर प्रयोजनका लागि ०.२८ प्रतिशतले हुन आउने ५७ लाख १९ हजार २ सय ३१ रुपैयाँ ५७ पैसा नगद लाभांशसहित ५.७८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यो प्रस्ताव साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।
FACEBOOK COMMENTS