काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानको ३६ औँ प्राज्ञ सभा भईरहेको छ । प्राज्ञ सभा समारोहको उद्घाटन प्रधानमन्त्री एवम् प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक शेरबहादुर देउवाले गर्नुभएको छ । प्राज्ञ सभामा वार्षिक नीति तथा कार्यक्रम पारित गर्नुका साथै विभिन्न महत्वपूर्ण निर्णय गरिने जानकारी गराइएको छ ।
प्रज्ञा–प्रतिष्ठानका सदस्य–सचिव प्रा। जगत्प्रसाद उपाध्यायका अनुसार सभाको उद्घाटन समारोहमा प्रधानमन्त्री देउवाले प्रज्ञा–प्रतिष्ठानको पुनः डिजाइन गरिएको वेबसाइटको औपचारिक आरम्भ गर्नुभएको छ । सो वेबसाइटमा अनलाइनबाटै हल बुकिङ तथा पुस्तक–पत्रिका विक्री वितरणको समेत व्यवस्था गरिएको छ । सदस्य सचिव उपाध्यायले सोही अवसरमा बहुप्रतिक्षित लेखक र साहित्यकार परिचय–पत्र वितरण आरम्भ गरिने बताउनुभएको छ । उहाँका अनुसार प्रधानमन्त्रीद्वारा प्रज्ञा–प्रतिष्ठानका पूर्व सदस्य सचिव तथा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, कुलपति गङ्गाप्रसाद उप्रेती, पूर्व कुलपति बैरागी काइँला र पूर्व सदस्य सचिव गीता केशरीलाई परिचय–पत्र प्रदान गरी लेखक÷साहित्यकार परिचय–पत्र वितरणको आरम्भ गरिएको छ । अब बिस्तारै प्राप्त आवेदनका आधारमा क्रमशः परिचय–पत्र वितरण कार्यलाई अगाडि बढाइने कार्यक्रम पनि तय भएको उहाँले जानकारी दिनु भएको छ।
FACEBOOK COMMENTS