काठमाण्डौँ — सरकारले सञ्चालन गरेका आयोजनाका ९ सय ६ ठेक्कामध्ये ६ सय २३ वटा लथालिंग अवस्थामा रहेका छन् ।
यी ठेक्का २० अर्ब ७६ करोडका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अध्ययनबाट यति धेरै आयोजनाका विकास निर्माण अलपत्र भएको खुल्न आएको हो ।
अख्तियारले रुग्ण अवस्थामा रहेका ठेक्काबारे विवरण सार्वजनिक गरेपछि सडक विभागले चासो देखाएको छ ।
विभागका सूचना अधिकारी एवं सहायक प्रवक्ता अर्जुन सुवालका अनुसार सुपरिटेन्डेन्ट इन्जिनियर राजेन्द्र शर्माको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ ।
अख्तियारले सार्वजनिक गरेको विवरणका सम्बन्धमा विस्तृत बुझ्न फागुन १० गतेसम्मको समय दिएर समिति गठन गरिएको उनले बताए ।
— कान्त्पिुर
FACEBOOK COMMENTS