काठमाडाैं । रवीन्द्र मिश्र र मिलन पाण्डे नेतृत्वको विवेकशील साझा पार्टी, सिटिजन्स डिसकशन फोरम र जनता दरबार पार्टीबीच पार्टी एकता हुने भएको छ ।
विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले आइतबार विज्ञप्ति जारी गरेर दिएको जानकारीअनुसार विवेकशील साझा, सिटिजन्स डिसकशन फोरम र जनता दरबार पार्टीबीच पार्टी एकीकरण हुने भएको हो ।
विवेकशील साझा पार्टीको आइतबार बसेको केन्द्रीय समितिको बैठकले दुई तिहाइ बहुमतका साथ एकताको सहमति पत्रलाई अनुमोदन गरेको उनले जानकारी दिए । प्रवक्ता पाठकका अनुसार एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी नै रहने र रवीन्द्र मिश्र पार्टीको एकल कार्यकारी अध्यक्ष रहनेछन्।
मिश्र समूहप्रति असन्तुष्ट रहँदै आएका विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले पार्टी एकताकाबारेमा कुनै प्रतिक्रिया जनाइसकेका छैनन् । तर, पार्टी प्रवक्ता पाठकले भने सिटिजन्स डिसकशन फोरम र जनता दरबार पार्टीसँग विवेकशील साझा पार्टी एकीकरण गर्ने दुई तिहाइ बहुमतले निर्णय भएको जानकारी दिँदै विज्ञप्ति जारी गरेका हुन् ।
FACEBOOK COMMENTS