काठमाडौं । आजदेखि गरिमा विकास बैंक र सहारा विकास बैंकको एकिकृत कारोबार सुरु भएको छ । लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको गरिमा विकास बैंकले सर्लाही जिल्ला मलंगवा वडा नं। ९ मा केन्द्रिय कार्यालय रहेको साविक सहारा विकास बैंकलाई प्राप्ति गरी एकिकृत कारोबार भएको हो ।
प्राप्ति पश्चात विकास बैंकको जारी तथा चुक्ता पूँजी तीन अर्ब ९४ करोड ८१ लाख ८३ हजार १०५ र आठ पैसा पुगेको छ । प्राप्ति पश्चात विकास बैंकको केन्द्रिय कार्यालय काठमाडौं महानगरपालिका वडा नं। २ लाजिम्पाटमा तथा एक्टेन्सन काउन्टर सहित १११ वटा शाखा कार्यालय हुनेछ ।
प्राप्ति प्रश्चात बैँकले शेयरधनी, सेवाग्राही, कर्मचारी लगायतका सम्पूर्ण सरोकारवालाहरुको सन्तुष्टिमा गुणात्मक वृद्धि भई समाजमा बैँकिङ् क्षेत्रप्रतिको जनविश्वास अझ दरिलो बन्दै जाने विश्वास लिइएको छ ।
FACEBOOK COMMENTS