काठमाण्डौं– ठमेलको छाया सेन्टरले आफुहरुलाई नियोजितरुपमा आक्रमण गरेको बताएको छ ।
तीन दर्जन बढी स्वदेशी लगानीकर्ताको साढे पाँच अर्ब बढी लगानीमा निमार्ण भएको छाया सेन्टरमा लगानीकर्ता अशुरक्षित भएको सेन्टरले जनाएको छ ।
छाँया सेन्टरले राज्यले निर्दिष्ट गरेको नियमको अधिनमा रहेर गरिएको अर्बौं रुपैंयाको लगानीमा नियोजित रुपमा आक्रमण थालिएको उसले दाबी गरेको छ ।
छाया सेन्टरले सरकारले लगानी सम्मेलनको तयारी चल्दै गर्दा मुलुक भित्रकै लगानीको सुरक्षामा गम्भिर प्रश्न चिन्ह उठेको बताएको छ ।
निजी लगानीको सुरक्षाको प्रत्याभुत नभएसम्म विदेशी लगानी भित्र्याउन कठिन हुनेछाँया सेन्टरको धारणा छ ।

ठुलो लगानीमा सञ्चालनमा आएकै कारण छाँयाँ सेन्टरलाई स्वार्थका साथ नकरात्मक प्रचारको उत्कर्षमा पुर्याउन खोजिएको छाँयाँ सेन्टरका प्रबन्ध निर्देशक महेश्वर श्रेष्ठ बताउँछन्। ‘ठमेल भित्रको ठमेलका रुपमा आएको ठुलो योजनामा केही व्यक्तिको स्वार्थले अहिले गलत प्रचारलाई तिब्र पारिएको छ । पैसा तिरेर जग्गा
किनेर प्रोजेक्ट अघि बढाउँदा हामीलाई किन तारो बनाइदैछ भन्ने कुरा यस अघिका केही आयोजनामा भएको
घटनाक्रमले पुष्टि गर्छ ।’ श्रेष्ठले भने ।

‘यसरी नियोजित रुपमा केही व्यक्तिले अघि सारेको स्वार्थको विषयलाई सबै पक्षले किन महत्वका साथ समर्थन
गरिरहेका छन् भन्ने कुराले हाम्रो ध्यानाकर्षण भएको छ । कानुन अनुसार निर्माण सम्पन्न भईसकेको र राज्यलाई करोडौं रुपैंया राजश्व तिरेका हामीले पैसा तिरेर जग्गा किनेका हौं । इतिहासका पाना पल्टाउनेहरुलाई हामी प्रश्न गछौं कि हाम्रो गल्ती कहा भयो ?’ श्रेष्ठले भने ।