काठमाडौँ।नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सार्क फाइनान्सका अध्यक्ष चयन भएको छन् । ४२औं सार्क फाइनान्स गभर्नर ग्रुपको बैठकले उनलाई नोभेम्बर १६ देखि एक वर्षका लागि अध्यक्ष चयन गरेको हो ।
मालदिभ्स मनिटरी अथोरिटीद्वारा आयोजित भर्चुअल बैठकमा नेपाल राष्ट्र बैंक लगायत सार्क राष्ट्रका केन्द्रीय बैंकहरू रिजर्भ बैंक अफ इण्डिया, बंगलादेश बैंक, मनिटरी अथोरिटी अफ भुटान, स्टेट बैंक अफ पाकिस्तान, बैंक अफ श्रीलंका, मालदिभ्स मनिटरी अथोरिटी लगायत केन्द्रिय बैंकका गभर्नर तथा डेपुटी गभर्नरहरूको उपस्थिति थियो ।
छलफलमा सार्क फाइनान्स सदस्य गभर्नरहरूले आ–आफ्ना मुलुकका समष्टिगत आर्थिक स्थितिबारे जानकारी गराउने क्रममा शोधनान्तर स्थिति, विदेशी विनिमय सञ्चिति, मुद्रास्फिति, कर्जा प्रवाह, तरलता व्यवस्थापन, विद्युतीय भुक्तानी, जनशक्ति व्यवस्थापन, जलविद्युत्, पर्यटन लगायत साझा चासो र सहकार्यका विषयमा छलफल भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS