पोखरा मंसिर ६ ,नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनअन्तर्गत प्रदेश सभा अधिवेशनमा किशोर उमेरकाहरु पनि प्रतिनिधि चयन भएका छन्। बाग्लुङमा शनिबार सम्पन्न प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा ’क’ अन्तर्गतको अधिवेशनमा १८ वर्षीया किशोरी उषा सापकोटा विजयी भएकी हुन्। उनी महाधिवेशन प्रतिनिधिमध्येनै सर्वाधिक २ सय ८६ मत ल्याएर विजयी भएकी हुन् ।
बागलुङको काँठेखोला गाउपालिका–०५ स्थायी घर भएकी सापकोटा कांग्रेसकी कान्छी प्रतिनिधी मध्ये एक बनेकी छन्। उनले काठमाडौ मोडेल कलेजबाट कानुनमा प्लस टु सकेकी छन्। सापकोटाले नेपाली राजनीतिमा कांग्रेसको भूमिका महत्वपूर्ण रहेको र मुलुक परिवर्तनमा अग्रणी भूमिका खेलेको हुँदा आफूले कांग्रेस पार्टीलाई रोजेको बताइन् । सापकोटासँगै मोरङ क्षेत्र नम्बर ६ (ख) मा पनि १८ वर्षीया रक्षा यादव सर्वसम्मतीमा प्रदेश प्रतिनिधिमा चयन भएकी छन्।
FACEBOOK COMMENTS