काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
बैंकले आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ५५ करोड ११ लाख ५१ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ३१.८६ प्रतिशतले धेरै हो ।
गत आवको सोही अवधिमा बैंकको नाफा ४१ करोड ७९ लाख ५६ हजार रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी, सन्चालन नाफा बढेको छ भने प्रोभिजनिङ घटेको छ । जसले बैंकको नाफा बढाउन सहयोग गरेको छ ।
असोज मसान्तसम्म बैंकले २१ करोड १२ लाख ७९ हजार रुपैयाँ प्रोभिजनिङ गरेको छ । गत आवको सोहो अवधिमा ४६ करोड ८ लाख ७४ हजार रुपैयाँ रहेको थियो ।
बैंकको खुद ब्याज आम्दानीमा १ अर्ब ४५ करोड ८९ लाख ४८ हजारबाट बढेर १ अर्ब ६८ करोड ६५ लाख २५ हजार रुपैयाँ रहेको छ । सन्चालन नाफा ५९ करोड ८४ लाख ३१ हजार रुपैयाँबाट बढेर ८६ करोड २ लाख ५३ हजार रुपैयाँ रहेको छ ।

असोजसम्म बैंकको वितरणयोग्य ११ करोड २१ लाख १४ हजार रुपैयाँ रहेको छ ।

१५ अर्ब ४४ करोड ८७ लाख ९७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ७ अर्ब ९० करोड १० लाख ७७ हजार रुपैयाँ रहेको छ । २ खर्ब २८ अर्ब ३७ करोड २० लाख ९० हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले बैंकले १ खर्ब ७२ अर्ब ६४ करोड ९९ लाख ८२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको निष्क्रिय कर्जा ४.१३ प्रतिशतबाट घटेर ३.९७ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १७.७१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १६४.४ रुपैयाँ रहेको छ ।
