पोखरा मंसिर ६, नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबार देशैभर प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुँदै छ । सँगसँगै एकमात्र प्रतिनिधि सभा क्षेत्र भएका जिल्लामा जिल्ला अधिवेशनसमेत सोमबारै हुँदै छ । कांग्रेसको महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुँदै छ । ७ वटै प्रदेशको अधिवेशन मंसिर १६ र १७ गते हुनेछ । क्षेत्रीय अधिवेशनका लागि आइतबार उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् । मतदान भने सोमबार हुनेछ ।
केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि पनि आइतबार मनोनयन दर्ता र सोमबार मतदानको कार्यक्रम छ । जिल्ला सभापतिमा उम्मेदवार बन्नका लागि महाधिवेशन प्रतिनिधि हुनुपर्ने कांग्रेसको विधानमा व्यवस्था छ । तसर्थ जिल्ला सभापतिका आकांक्षी, प्रदेश समितिका पदाधिकारी आकांक्षीसहित केन्द्रीय पदाधिकारी वा सदस्यका आकांक्षीले पनि महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छन् ।
कास्कीको क्षेत्र नम्बर १ को सभापतिमा राजेन्द्रमणि लामिछाने र बुद्धिमान गुरुङको उम्मेदवारी परेको छ । क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिका लागि पूर्वमन्त्रीहरु तारानाथ रानाभाट, यज्ञबहादुर थापासहित जीवन परियार, कृष्ण केसी, सुदीपमोहन भट्टराई, किशोरदत्त बराल, योगराज लामिछाने, सरोज अधिकारी, विकास गुरुङले उम्मेदवारी दिएका छन् । चिनु रानाभाट, तीर्थ जंगली, तिलक रानाभाट, कोपिला रानाभाट, सरस्वती गुरुङ, गिमाया गुरुङ, चिजमाया गुरुङ, रसकुमारी गुरुङ, कुमार विक, पर्शुराम विक, गौरी सापकोटा, दुर्गा लामिछाने र सरस्वती सार्की लगायतले उम्मेदवारी दिएका छन् । सुदीपमोहन भट्टराई र किशोरदत्त बराल जिल्ला सभापतिका आकांक्षी पनि हुन् । पूर्वमन्त्री यज्ञबहादुर थापा गण्डकी प्रदेश समिति सभापतिका आकांक्षी छन् ।
कास्की क्षेत्र नम्बर २ मा सभापतिका लागि केशरप्रसाद निर्दाेषी र पुण्डरी बरालले मनोनयन दर्ता गराएका छन् । उक्त क्षेत्रमा सचिवमा सरोजनारायण बराल, गायत्री पराजुली, देवकृष्ण पराजुली, हिमराज अधिकारी र महेन्द्र अधिकारीको उम्मेदवारी परेको छ । निर्वाचनबाट २ जना सचिव छनोट हुनेछन् । सहसचिवमा भावना श्रेष्ठ, शिवराज देवकोटा, माधव कँडेल, दीपेन्द्र बराल, र विश्वराज आचार्यको उम्मेदवारी परेको छ ।
क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा प्रदेश सरकारका मन्त्रीहरु कुमार खड्का, बिन्दुकुमार थापा, नेता देवराज चालिसे, विजयराज आचार्य, शोभियत अधिकारी र वीरेन्द्रनारायण बिजुक्छे लगायतले उम्मेदवारी दिएका छन् । अर्जुन पोखरेल, नारायण कोइराला, माधवप्रसाद बास्तोला, गुरु बराल, उमाकुमारी ठकुरी, मीलन थापा, लीलादेवी पौडेल, कोपिला तिवारी, किरण केसी, मुकुन्द बास्तोला, बिन्दा राना, कुमारीमुना बास्तोला, रंगिला आचार्य, लक्ष्मी पाण्डे, विष्णु कोइराला, शोभाचन्द्र बराल, मुक्ति केसी, आशिक गुरुङ, निर्मल कर्माचार्य, अर्जुन विक, प्रेम परियार र सुनयना पालिखे लगायतले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छन् ।
कास्की ३ मा सभापतिका लागि मनोज गुरुङ र खिमलाल बास्तोलाको उम्मेदवारी परेको छ । सचिवमा भरतबहादुर केसी, मेखबहादुर तामाङ, राजाराम पौडेल र लक्ष्मीप्रसाद पौडेलले उम्मेदवारी दिएका छन् । सहसचिवमा आइन्दल गुरुङ, धरमबहादुर लामिछाने, शीतल अधिकारी र महेश तिमिल्सिनाको उम्मेदवारी परेको छ ।
महाधिवेशन प्रतिनिधिका लागि नेताहरु शुक्रराज शर्मा, महादेव गुरुङ, शारदा पौडेल, खेमराज पौडेल युवराज कुँवर, रामचन्द्र त्रिपाठी, राजबहादुर गुरुङ, आइबहादुर गुरुङ, पोषनाथ शर्मा, दीपक गुरुङ, देवेन्द्र शेरचन, दिवसमान प्रधानांग र गंगा केसी लगायतको उम्मेदवारी परेको छ । आइबहादुर गुरुङ जिल्ला सभापतिका आकांक्षीसमेत हुन् ।
FACEBOOK COMMENTS