काठमाडौं । नवीन सुब्बाको निर्देशकमा बन्न लागेको ‘गाउँ आएको बाटो’ चलचित्र निर्माणको घोषणा गरिएको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्र निर्माणको घोषणा गरिएको हो । यो चलचित्रलाई सुब्बाले निर्देशन गर्न लागेका हुन् । महेश राई र नवीन सुब्बाको कथा रहने चलचित्र राई समुदायको कथामा निर्माण हुनेछ ।
चलचित्रको निर्मातामा आमोद राई हुन् । उनी २० वर्षदेखि हङकङमा शिक्षण पेशामा छन् । उनले विभिन्न देशमा रहेका विशेषगरी राई समुदायका व्यक्तिहरुको सामुदायिक लगानीमा चलचित्र निर्माण गर्न लागिएको जानकारी दिए ।
चलचित्रमा दयाहाङ राई र पशुपति राई शीर्ष भूमिकामा रहनेछन् । साथमा पर्सन राई, खानुमा राई, केशव राई, प्रमिशा राई, प्रेम सुब्बा लगायतका कलाकारहरुको अभिनय रहनेछ । चलचित्र केही दिनपछि छायाँकनका लागि भोजपुरको ग्रामीण क्षेत्रमा जाने निर्देशक सुब्बाले जानकारी दिए ।
FACEBOOK COMMENTS