खोटाङ । नेपाली कांग्रेस खोटाङको सभापतिमा विष्णुकुमार राई विजयी भएका छन् । जिल्ला सभापतिका अर्का उम्मेदवार पूर्व पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सर्वधन राईलाई ५९ मतान्तरले पछि पार्दै विष्णुकुमार जिल्ला सभापतिमा निर्वाचित भएका हुन् ।
विष्णुकुमारले ६६९ मत प्राप्त गर्दा पूर्व राज्यमन्त्री सर्वधनले ६१० मत मात्र प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अन्य पदाधिकारीमा पनि नव निर्वाचित जिल्ला सभापति विष्णुकुमारको समूहनै विजयी भएका छन् ।
FACEBOOK COMMENTS