पोखरा मंसिर १२,नेपाली काँग्रेस कास्कीको सभापतिमा किशोरदत्त बराल विजयी हुनुभएको छ ।
शनिबार सम्मपन्न दोश्रो चरणको मतदानबाट प्रत्यासी सुदीप मोहन भट्टराईलाई ८० मतले पराजित गर्दै बराल सभापति पदमा विजयी हुनुभएको हो ।
मतदानमा कूल १९ सय २६ मत खसेकोमा बरालले ९९५ मत प्राप्त गर्नुभयो । त्यस्तै प्रत्यासी भट्टराईलाई ९१५ मत प्राप्त भयो ।
यस अघि शुक्रबार सम्पन्न मतदानमा सभापति पदका पाँच प्रतिष्पर्धी मध्ये कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढ़ी मत प्राप्त नगरेपछि सबै भन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवार बीच शनिबार पुन: प्रतिस्पर्धा भएको हो ।
पहिलो चरणमा सभापति पदमा प्रतिस्पर्धा गर्नुभएका आइबहादुर गुरुङ, पोषनाथ शर्मा र गिरीराज गौतम बाहिरिनु भएको थियो । उहाँहरु तीनै जनाले दोश्रो चरणमा उम्मेदवार भट्टराईलाई सघाउन विज्ञप्ति जारी गर्दै मत दिन आग्रह समेत गर्नुभएको थियो ।
FACEBOOK COMMENTS