काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रवक्ता विश्वप्रकाश शर्माबीच सार्वजनिक मञ्चमै जुहारी चलेको छ । सुवर्ण समशेर पुस्तक विमोचन एवं नवनिर्वाचित जिल्ला सभापति तथा क्षेत्रीय सभापति सम्मान कार्यक्रममा प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा र प्रवक्ता शर्मासँगै उपस्थित भएका थिए ।
कार्यक्रममा प्रवक्ता शर्माले आफूले अघि सार्दै आएको राजनीतिक प्रस्तावको चर्चा गरे । सभापति देउवालाई सल्लाह भन्दै उनले एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक मात्र सांसद बन्ने प्रस्ताव आफूले गरेको सुनाए ।
यो प्रस्ताव बोकेर जाँदा शेरबहादुर देउवा त पाँच पटक प्रधानमन्त्री भइसके विश्वप्रकाशको पुस्ताले त्यो अवसर र क्षमता राख्छ त ? भनेर सोध्ने गरेको भन्दै उनले हाम्रो सभापतिलाई ज्योतिषले ७ पटक प्रधानमन्त्री बन्ने भनेको होला तर मैले मेरो पुस्तालाई २ पटक भन्दाबढी प्रधानमन्त्री बन्न नपाउने प्रस्ताव गरेको छु भन्दै आफ्नो भनाई राददेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्राधनमन्त्री समेत रहेका देउवाले प्रवक्ता शर्मालाई जवाफ फर्काएका छन् । ‘अरुलाई अर्ति दिन सजिलो छ, आफूले गर्नु गाह्रो छ । उहाँलाई आफ्नो बेलामा गरेर देखाउनु होला भनेर शुभकामना दिन चाहन्छु ।’ भन्दै शर्मालाई जवाफ फर्काएका हुन् । कार्यक्रममा सहमहामन्त्री प्रकाशशरण महत पनि थिए । उनले पनि निर्णय गर्न ढिला भएको भन्दै असन्तुष्टि जनाएका थिए । सभापति देउवाले उनलाई पनि जवाफ दिए ।
दुबै नेतालाई इंगित गर्दै उनले अघि भने, अर्ति भनेको बुढापाकाहरुबाट सिक्नुपर्छ बुढापाकालाई अर्ति दिने होइन, अर्ति लिने गर्नुहोस् । त्यसकारण हाम्रो अर्ति सुनेर काम गर्नु भन्दै हाग्रह गरेका छन् ।
FACEBOOK COMMENTS