गायिका रिहाना बारबाडोसको राष्ट्रनायक घोषित भएकी छिन् । गणतन्त्र घोषणा गर्न मुख्य भूमिका खेलेकी उनलाई राष्ट्रनायक घोषणा गरिएको हो । ३३ वर्षीया बारबाडोसकी गायिकालाई प्रधानमन्त्री मिया मोटलेले गणतन्त्र घोषणाको समयमा राष्ट्रनायकको घोषणा गरेकी हुन् ।
उनलाई बारबाडोसको गणतन्त्रको आन्दोलनको नेता भनिएको छ । रिहाना बारबाडोसमा जन्मिएर किशोरावस्थामा संगितबाट करिअर बनाउन अमेरिका प्रवेश गरेकी थिइन् । जहाँ उनले संगितमा उचाई बनाइन् । उनी विश्वको अर्बपतिको सूचीमा छिन् ।
२९ नोभेम्बर अघिसम्म बारबाडोसको राष्ट्रप्रमुखमा बेलायतको महारानी एलिजावेथ थिइन् । अब त्यहाँ राष्ट्रपति नै राष्ट्रप्रमुख हुने व्यवस्था भइसकेको छ ।
FACEBOOK COMMENTS