काठमाडौं । नेकपा एमालेको अध्यक्षमा पराजित भीम रावलले केन्द्रीय कमिटीमा बस्न अस्वीकार गरेका छन् । बिहान भएको निर्वाचनमा रावल, केपी शर्मा ओलीसँग पराजित भएका हुन् ।
नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यहरुले मंगलबार साँझ शपथ लिएका छन् । तर रावलले शपथ लिन मानेनन् । आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी नदिएकाले उक्त पद स्वीकार नगर्ने बताएका छन् ।
उपाध्यक्षमा पराजित भएका घनश्याम भुसालले भने केन्द्रीय सदस्य पदको सपथ लिएका छन् ।
FACEBOOK COMMENTS