काठमाडौं । जर्मनका पीएसजी का फरवार्ड नेइमार घुँडाको चोटका कारण आठ हप्तासम्म मैदान बाहिर रहने भएका छन् ।
उनलाई आइतबार भएको सेन्ट एटिया विरुद्धको खेलमा स्टेचरमा बोकेर मैदान बाहिर लगिएको थियो । नेइमारले लिग वानका सात खेल र च्याम्पियन्स लिग पनि गुमाउने भएका छन् । परीक्षणका अनुसार नेइमारलाई देब्रे घुँडामा चोट लागेको छ । पीएसजी लिग वानमा तालिकाको दोस्रो स्थानमा रहेको रेन्नेस भन्दा १२ अंकले अगाडि छ ।
यस्तै, च्याम्पियन्स लिगमा समूह ‘ए’को दोस्रो स्थानमा रहदै अन्तिम १६मा पुग्ने पक्का रहेको छ । पीएसजीले प्रतियोगिता सुरुहुनु अघि डिसेम्बर ७ मा क्लब बर्ग्र्ससँग घरेलु मैदानमा खेल्नेछ ।
FACEBOOK COMMENTS