काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त सदस्य–सचिव टंकलाल घिसिङले करीब २ वर्षदेखि बन्द रहेको राष्ट्रिय टिम तयारीको प्रशिक्षण तत्काल सुरु गर्ने बताएका छन् ।
मंगलबार त्रिपुरेश्वरस्थित राखेप कार्यकक्षमा पदवहाली गर्ने क्रममा सदस्य सचिव घिसिङले पहिलो निर्णय गर्दै सो कुरा बताएका हुन् । साथै उनले सबै खेलाडीको बीमा सम्बन्धमा कार्यविधि बनाएर प्रक्रिया अगाडि बढाउने बताए ।
घिसिङलाई सोमबारको मन्त्री परिषद् बैठकले राखेपको सदस्य–सचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो । त्यसअघि मंगलबारै सदस्य–सचिव घिसिङले पद तथा गोपनीयताको शपथ पनि ग्रहण गरेका थिए ।
FACEBOOK COMMENTS