काठमाण्डौँ — रुपन्देही सदरमुकाम भैरहवामा निसानको नयाँ ब्रान्डको किक्स कारको बिक्री तथा प्रवद्र्धन सुरु भएको छ ।
यो कार नेपालमा फागुन ५ गते सार्वजनिक भएसँगै अहिले देशका प्रमुख सहरहरूमा धमाधम लन्चिङ तथा बिक्री सुरु भैरहेको छ ।
निसानका लागि नेपालको आधिकारिक वितरक पायोनियर मोटोकर्पको भैरहवा क्षेत्रका लागि अधिकृत विक्रेता वरूण मोटर्सले एक समारोहका बीच किक्स कारको बिक्री शुभारम्भ गरेको हो ।
निसान किक्स कारको बिक्री शुभारम्भसँगै वरुण मोटर्सको नयाँ आधुनिक बिक्री कक्षको पनि शुभारम्भ भएको छ ।
डिजेल र पेट्रोल दुबै अप्सनमा उपलब्ध रहने किक्समा १।५ लिटरको इन्जिन लगाइएको छ ।
— कारोबार
FACEBOOK COMMENTS