धनगढी । बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । घटनामा परी अन्य ४ जना घाइते भएका छन् ।
बैतडीको झुलाघाटबाट सदमुकाम गोठालापानी जाँदै गरेको ना १ ज २१९६ को जिप दुर्घटना हुँदा जीपमा सवार पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पाँचै जनाको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा दशरथचन्द नगरपालिका–७ का पार्वती चन्द तथा अर्की यात्रु पार्वती चन्द, भगीरथ पाण्डे, कृष्ण लावड र कलावती चन्द रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार घाइतेहरूलाई उपचारका लागि प्राथमिक स्वास्थ केन्द्र पाटन ल्याउने काम भइरहेको छ ।
जीप सडकबाट करीब एक सय मिटर तल खसेको छ भने दुर्घटनाको कारण खुलको छैन । घटनास्थल पाटन बजारदेखि करिब एक घण्टाको दूरीमा रहेको छ । जीपमा चालकसहित ११ जना सवार थिय ।
भारतमा पेनसन बुझेर घर फर्किएका व्यक्तिहरु सवार जिप दुर्घटनामा परेको हो । जिप सडकबाट तल खसेर क्षतिग्रस्त बनेको छ । । तर जीप चालक भने फरार छन् ।
FACEBOOK COMMENTS