काठमाडौं । पत्रकार महासंघकी केन्द्रीय उपाध्यक्ष बाला अधिकारीले पत्रकार महासंघको जिम्मेवारीमा नरहने घोषणा गरेकी छन् । आफ्नो गन्तव्य पार्टी राजनीतितर्फ भएको उल्लेख गर्दै उनले महासंघको जिम्मेवारीमा नरहने बताएकी हुन् ।
‘म नेपाल पत्रकार महासङ्घको केन्द्रीय उपाध्यक्ष भएको नाताले नेपाल पत्रकार महांसघको विधान आचार संहिताका पालना गर्नु मेरो प्रमुख कर्तव्य रहेको कुरा मलाई हेक्का छ ’ उनले सामाजिक सञ्चालनमा लेखेकी छन् ‘अब मेरो गन्तव्य पार्टी राजनीति तिर । ’
उनले आफूलाई महासंघमा निर्वाचित गराउने सबैलाई सामाजिक सञ्जाल मार्फत धन्यवाद दिदैं सामाजिक सञ्जाल मार्फत जिम्मेवारीमा नरहने स्पष्ट पारे पनि महासंघमा अहिलेसम्म उनको आधिकारिक राजीनामा पत्र पुगेको छैन । अधिकारीले भने आफू केन्द्रीय सदस्यमा उम्मेदवारी दिने दिनमै राजीनामा दिने भएकि छिन् ।
FACEBOOK COMMENTS