काठमाण्डौँ — खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा रहेको राष्ट्रिय खाद्य प्रयोगशालाबाट जारी परिक्षण प्रतिवेदनले अन्तर्राष्ट्रिय मान्यता पाउने भएको छ।
नेपालमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रयोगशालाको अभावमा नेपालबाट वस्तु निर्यात गर्दा वस्तु परीक्षणका लागि भारतका र अन्य देशका अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रयोगशालामा पठाउनुपर्ने बाध्यता थियो।
नेपालले भारतस्थित नेशनल एक्रिडिटेशन बोर्ड फर टेस्टिङ एण्ड क्यालिब्रेसन ल्याब्रोटोरिज’ बाट २१ वस्तुको १२१ प्यारामिटरमा परीक्षणका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको हो।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीव कुमार कर्णका अनुसार विभिन्न २१ वस्तुमा राष्ट्रिय खाद्य प्रयोगशालाबाट जारी भएको परिक्षण प्रतिवेदनले अन्तर्राष्ट्रिय मान्यता पाउनेछ।
नेपालमा अन्तर्राष्ट्रिय स्तरको प्रयोगशालाको अभावका कारण निकासीमा रहँदै आएको झंझट अब रहनेछैन।
— अन्नपुर्ण
FACEBOOK COMMENTS