काकाठमाडौं । नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक डिआईजी रमेश खरेलले नयाँ पार्टी घोषणा गरेका छन् ।
आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्व डिआईजी खरेलले नेपाल सुशासन पार्टी घोषणा गरेका हुन् । उनले देश सुहाउँदो, सुशासनलाई प्रमुख एजेण्डा बनाए पार्टीलाई अघि बढाउने बताए । पूर्वडिआईजी खरेलले देशमा अहिले कुशासन व्यप्त रहेको भन्दै त्यसलाई सुशासनमा ल्याउन आफूले बाध्य भएर नयाँ पार्टी खोल्नुपरेको बताए ।
पूर्व डिआईजी खरेलले सेवा गरेर मेवा खाने नभइ सेवा मात्र गर्ने ध्येयले पार्टीमा काम गर्ने बताए । उनले सबै नागरिकको चासो र आवश्यक्तलाई ध्यानमा राखेर जनतालाई धो नदिने गरी काम गर्ने प्रतिवद्धता पनि जनाए ।
FACEBOOK COMMENTS