काठमाडौं । सिभिल सहकारीका निक्षेपकर्ताको करिब सात अर्ब रुपैयाँ ठगीको आरोपमा थुनामा रहेका घरजग्गा व्यवसायी इच्छाराज तामाङको सबै सम्पत्ति विवादै विवाद रहेको पाइएको छ ।
अहिले केहि मानिसहरुले तामाङको काठमाडौं उपत्यकामै अर्बौंको सम्पत्ति रहेको भनेता पनि सबैमा विवाद मुक्त भने छैन ।उनले किनेका सम्पत्तिहरु उनको आफ्नो मात्र लगानी नरहेको कर्पोरेट खबरलाई जानकारी आएको छ । तामाङले शृजना शाक्य सँग डिभोर्स गरीसकेकोले उनको सम्पत्तिमा तामाङको हक लाक्दैन । यसबाट पनि उनको परिवारकै नाममा रहेको सम्पत्ति समेत अब विवादित बनेको छ । बैकिङ कारोबारमा आफ्ना निक्षेपकर्तालाई ठगेको आरोप लागेका पूर्व सभासद तथा सिभिल ग्रुपका अध्यक्ष तामाङको मुद्दा अहिले अदालतमा बयान चलिरहेको छ ।
प्रहरीको अनुसन्धानमा इच्छाराजले सिभिल होम, सिभिल अपार्टमेन्टका नाममा सहकारीबाट धितो नै नराखी ऋण लिएको प्रहरीको अनुसन्धानमा देखिएको छ । काठमाडौंको किर्तिपुरमा रहेको सम्पत्ति तमाङले डिभोर्स दिईसकेको श्रीमती सृजना शाक्य तामाङ र छोरीहरु प्रतिक्षा र प्रतिष्ठाका नाममा ३१ वटा कित्ता जग्गा ९घरसहित० रहेको छ । यो जमिनको कुल क्षेत्रफल ६१३३ वर्गफिट अर्थात् १२ रोपनी ३ पैसा २।२३ दाम हुन्छ । यो पनि अब तामाङको सम्पत्तिमा गणना गर्न कानुनी अर्चन आउने देखिन्छ । यस जग्गामा पनि तामाङले घर सहित दिने भनेर अधिकांश जमिनको पैसा असुलि सकेको देखिन्छ ।
उनको अर्को देखिने सम्पत्ति सिटिसि मल पनि रहेको छ । तर सो मल पनि कर्मचारी सन्चयकोषले लिलामिका लागि प्रकृया अगाडी बढाई सकेको छ । यस भवनमा तामाङले भवनको सटरहरु समेत ९९ सय वर्षका लागि बेचिसकेकाले अझ विवादमा जाने देखिन्छ । यसरी तामाङ माथि दिन प्रतिदिन एक माथि अर्को ठगी मुद्धा थपिदै जाने देखिन्छ ।
FACEBOOK COMMENTS