काठमाण्डौँ — नेपाल विद्युत् प्राधिकरण र अपि पावर कम्पनीबीच ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता भएको छ।
सो सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र कम्पनीका कार्यकारी सञ्चालक संजिव न्यौपानेले हस्ताक्षर गरेका छन्।
अपर चमेलिया आयोजनाबाट वार्षिक २६.४१ करोड युनिट विद्युत् उत्पादन हुनेछ।
उत्पादित बिजुलीमध्ये ३३ प्रतिशत हिउँदका ६ महिनामा र बाँकी ६७ प्रतिशत बर्खामा उत्पादन हुनेछ।
— नागरीक
FACEBOOK COMMENTS