काठमाडौँ । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँ कायम भएकोमा बुधबार पाँच सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको हो ।
बुधबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार १३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार ७०५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।
बुधबार चाँदीको मूल्य स्थिर रहेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार २१० रुपैयाँ कायम भएको छ । मंगलबार पनि चाँदीको सोही मूल्य नै कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ३७ रुपैयाँ ५० पैसा कायम भएको महसंघले जनाएको छ ।
FACEBOOK COMMENTS