काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले बनाउनुपर्ने बाँकी विधेयक तत्काल संसदमा पेश गर्न शहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।
सिंहदरवारमा बसेको समितिको बैठकले समितिले विभिन्न मितिमा दिएको निर्देशन अनुसार बनाउनुपर्ने विधेयक प्रतिनिधिसभाको बैठकमा पेश गर्न निर्देशन दिएको हो।
शहरी विकास मन्त्रालयले नयाँ शहर मेगा सिटी, स्मल सिटी, मेट्रो सिटी, एकीकृत नमूना बस्ती लगायतका सम्बन्धमा अघि बढाइएको कार्ययोजना बारेमा विस्तृत छलफल गर्नका लागि समितिका सदस्यहरु एवं कर्मचारीहरुलाई पुस महिनाभित्र सम्पन्न गर्नेगरी आवाशीय कार्यशाला गोष्ठी गर्ने बताएका छन् ।
FACEBOOK COMMENTS