काठमाण्डौँ — सरकारले कृषिजन्य उत्पादन बढाउने लक्ष्य राखे पनि त्यसका लागि पर्याप्त मल वितरण भने गर्न सकेको छैन ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कृषिको अत्यधिक उत्पादनका लागि वार्षिक ७ लाख टन रासायनिक मल चाहिन्छ ।
४ देखि ५ लाख टन वितरण गर्न सके अभाव हुँदैन ।
मन्त्रालयले उपलब्ध गराएको ५ वर्षको तथ्यांक हेर्दा कुनै पनि वर्ष ४ लाख टन पनि वितरण नभएको मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले बताए ।
मन्त्रालयले चालु आर्थिक वर्षका लागि मल खरिद गर्न करिब ६ अर्ब रुपैयाँ विनियोजना गरेको छ ।
उक्त बजेटबाट २ लाख ३१ हजार ५ सय टन मल खरिद भएको मन्त्रालयका अधिकारीहरू बताउँछन् ।
पर्याप्त खरिद हुन नसक्दा चालु आर्थिक वर्षमा पनि मल अभाव हुने संकेत देखिएको मन्त्रालयका कर्मचारीहरू बताउँछन् ।
— कान्तिपुर
FACEBOOK COMMENTS